मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने खतरा बढ्योः कमल थापा
काठमाडौं, भदौ ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहे....

काठमाडौं, भदौ ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भइरहेको बताएका छन्।
हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही वर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भइरहेको बताएका हुन्।
धर्म, संस्कृति र परम्पराको आधारमा एकतावद्ध भएको समाजलाई धर्म निरपेक्षताको नाममा बढ्दो धर्म परिर्वतन गराउने क्रमले कमजोर बनाउँदै लगेको तर्क उनले गरे। थापाले धर्म परिर्वतन गराउने क्रम नरोकिए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिए।
अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा भइरहेको धर्म परिर्वतनलाई नियन्त्रण गर्ने तर्फ सरकारको ध्यानाकर्षण पनि गराए। १० वर्षको बीचमा दशौं लाखको धर्म परिर्वतन भएको दाबी गर्दै थापाले धर्म, संस्कृति जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।











-1784808429.png)