Kathmandu Press

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, निजी चिकित्सक शाह नेपाल फर्किइन्

काठमाडौं, भदौ ११ः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था समान्य रहेको सिंगापुरमा रहेका प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन्। 

....
प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, निजी चिकित्सक शाह नेपाल फर्किइन्
फाइल फोटो

काठमाडौं, भदौ ११ः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था समान्य रहेको सिंगापुरमा रहेका प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन्। 

रिमालले ट्वीट गरेर दिएको जानकारीअनुसार, सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार जारी छ।  यो उपचार प्रकृया अर्को सातासम्ममा पूरा हुनेछ। 

प्रधानमन्त्रीका निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह भने बुधबार स्वदेश फर्केकी छिन्। 

प्रधानमन्त्री ओलीकाे उपचार भदाै ८ गतेदेखि सि‌गापुरस्थित नेसलन युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्माफेरेसिस’ गर्न थालिएको हाे। चिकित्सकका अनुसार, ‘प्लाज्माफेरेसिस’ भनेको रगत 'फिल्टर' गर्ने प्रक्रिया हो। यसमा रगत 'फिल्टर' गरेर रगतमा रहेका हानिकारक ‘एन्टीबडिज’लाई बाहिर निकाल्ने गरिन्छ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो। चिकित्सकका अनुसार, अंग प्रत्यारोपण गरेपछि शरीरले तत्काल चिन्दैन। चिन्न थालेपछि ‘एन्टिबडिज’ उत्पादन गर्छ।

प्रधानमन्त्रीको शरीरले १२ वर्षपछि ‘एन्टिबडिज’ उत्पादन गर्न थालेको हो। यस अघि औषधिको सेवनले गर्दा शरीरले प्रत्यारोपण गरिएको मिर्गौला चिन्न सकेको थिएन्। अहिले औषधिले काम गर्न छोडेपछि शरीरले मिर्गौला चिन्न थालेको हो। प्रायः मिर्गौलाले काम नगर्दा रगत ‘फिल्टर’ हुँदैन। जसले गर्दा डायलासिस आवश्यक पर्छ।

प्रधानमन्त्री ओलीको भने डायलासिस नगरेर ‘प्लाज्माफेरेसिस’ गर्न थालिएको हो। यो डायलासिस जस्तै प्रक्रिया हो। डायलासिसमा पनि रगत 'फिल्टर' गरिन्छ। यसमा रगत 'फिल्टर' गर्दा ‘प्लाज्मा’मा रहेका हानिकारक ‘एन्टिबडिज’ निकालिन्छ।

यस अघि पनि प्रधानमन्त्री ओलीको सिंगापुरकै नेसलन युनिभर्सिटी हस्पिटलमा उपचार गरिएको थियो। साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते फर्किएका थिए।

प्रकाशित मिति: १७:१५ बजे, बुधबार, भदौ ११, २०७६