Kathmandu Press

पौडेल अस्वस्थ भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं, भदौ ११ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। 

वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ्य भएर बैठकमा आउन नसक....

पौडेल अस्वस्थ भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
फाइल

काठमाडौं, भदौ ११ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। 

वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ्य भएर बैठकमा आउन नसक्ने बताएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको हो।  कांग्रेसले बुधबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको थियो। 

वरिष्ठ नेता पौडेल अस्वस्थताका कारण बैठकमा उपस्थित हुन नसक्न खबर पठाएकाले केन्द्रीय समितिको बैठक स्थगित गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार केन्द्रीय समितिको बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको छ। 

केन्द्रीय समितिको बैठक स्थगित भएपनि पदाधिकारीको बैठक भने चलिरहेको प्रवक्ता शर्माले जानकारी दिए। पदाधिकारी बैठकमा नियमावली संशोधन, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजन, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र मान्यता प्रदान, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संस्था र जनसम्पर्क समितिबारे छलफल भइरहेको छ।
 

प्रकाशित मिति: १७:०७ बजे, बुधबार, भदौ ११, २०७६