Kathmandu Press

निजी आवास पुनर्निर्माणको काममा ढिलाइ 

काठमाडाैं, भदाै ११ : भूकम्प भएको चार वर्ष बितिसक्दा पनि तारकेश्वर नगरपालिकामा हालसम्म २७ प्रतिशत मात्र निजी आवास पुनःनिर्माण गरिएको छ। 

....
निजी आवास पुनर्निर्माणको काममा ढिलाइ 

काठमाडाैं, भदाै ११ : भूकम्प भएको चार वर्ष बितिसक्दा पनि तारकेश्वर नगरपालिकामा हालसम्म २७ प्रतिशत मात्र निजी आवास पुनःनिर्माण गरिएको छ। 

सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर जग्गाधनी पूर्जा नभएका तथा गुठीको जग्गाका बनेका घर र क्षतिग्रस्त घर भत्काउदा सँगैरहेका घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले निजी आवास पुनःनिर्माण अघि बढ्न नसकेको नगरपालिकाका वरिष्ठ इञ्जिनीयर शशी गुरुङले बताए।  

नगरपालिकामा पुनःनिर्माणका लागि लाभग्राही सङ्ख्या छ हजार १७४ रहेकामा एक हजार ६५२ लाभग्राहीले मात्रै निजी आवास पुनःनिर्माण  गरेको कार्यालयले जनाएको छ। प्रवलीकरणबाट सजिलै पुनःनिर्माणमा जान सकिए पनि पुनःनिर्माणबाट प्रवलीकरणमा जान सजिलो छैन।

पुनःनिर्माणका लागि थप रकम सरकारले दिने अनुदानभन्दा धेरै रकम  जुटाउनुपर्ने र प्रवलीरणका बारेमा स्थानीयवासी नै स्पष्ट हुन नसकेका कारण निजी आवास पुनःनिर्माणको गति सुस्त भएको इञ्जिनीयिर गुरुङले जानकारी दिए। उनका अनुसार हाल नगरपालिकामा पहिलो किस्ता लिने पाँच  हजार ६२ र दोस्रो किस्ता लिने दुई हजार ८५ लाभग्राही छन्। 

करीब तीन हजार लाभग्राहीले पहिलो किस्ताको ५० हजार रूपैयाँ अनुदान लिएर निजी आवास पुनःनिर्माण शुरुआत नै नगरेको कार्यलयले जनाएको छ। धेरैले प्रवलीकरणमा सामान्य मर्मत गरे पुग्छ भनेरै पुनःनिर्माणबाट प्रवलीकरणमा आउन चाहँदैनन्। 

प्रकाशित मिति: १६:५२ बजे, बुधबार, भदौ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्