नेपाल कम्युनिष्ट राज्य बन्ने खतरा बढ्यो: देउवा
ललितपुर, भदौ ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सबै क्षेत्र कब्जा गर्न....
ललितपुर, भदौ ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सबै क्षेत्र कब्जा गर्न खोजेको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन ललितपुरले बुधबार आयोजना गरेको कार्यक्रममा सभापति देउवाले प्रजातन्त्र, मानव अधिकार, स्वतन्त्र प्रेस, वाक तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हमला गर्न खोजिरहेको आरोप लगाएका हुन्। उनले त्यसकाविरुद्ध एक दिन लड्नु पर्ने दिन आउने बताए।
देउवाले ओली सरकारले मुलुकलाई ‘कम्युनिष्ट राज्य’ बनाउने बाटोमा लागेको पनि आरोप लगाए। उनले भने, ‘ओली सरकारमात्रै होइन, कम्युनिष्ट राज्य नै बनाउन चाहन्छन्। सरकारबाटै मुलुक कम्युनिष्ट राज्य बन्ने खतरा छ।’






