सांसदहरूको प्रस्ताव-राखेपको सदस्यसचिव नियुक्ति खुला प्रतिस्पर्धाबाट गराैं
काठमाडौं, भदौ ११ : शिक्षा तथा स्वास्थ्य समितिले खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक –२०७५ माथिको दफाबार छलफल सुरु गरेको छ। ....

काठमाडौं, भदौ ११ : शिक्षा तथा स्वास्थ्य समितिले खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक –२०७५ माथिको दफाबार छलफल सुरु गरेको छ।
समितिले बुधबार विधेयकमाथि संशोधन दर्ता गराउनेहरुसँग छलफल गरेको हो। विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुँदै सांसदहरुले खेलकुद क्षेत्रको वृद्धि विकासका लागि राजनीतिक नियुक्तिलाई बन्द गर्नुपर्ने बताएका छन्।
संशोधनकर्ता लेखा समितिका सभापति भरतकुमार शाहले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सरकारले नियुक्त गर्ने व्यवस्थाले दक्ष र योग्यभन्दा पनि राजनीतिक कार्यकर्ता नियुक्त हुने भएको सो सम्बन्धी प्रावधान संशोधन गर्नुपर्ने बताए।
त्यसैगरी, सांसद विन्दा पाण्डेले तहगत रुपमा महिला सहभागिताको सुनिश्चितता गर्नुपर्ने बताइन्। बैठकमा नेकपाका सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीको परिभाषामा स्पष्ट मापदण्ड बनाउनुपर्ने तर्क गरे।
सांसद सूर्य पाठकले खेलकुदको नेतृत्व व्यवसायिक व्यक्तिलाई दिने सुनिश्चितता गरिनुपर्ने बताए।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नयाँ ऐनले व्यवहारमा देखिएका समस्या निरुपण गर्दै खेलकुदको क्षेत्रका समस्या सम्बोधन गर्ने गरी खेलकुद क्षेत्रको बृहत्तर हितलाई केन्द्रमा राखेर छलफल गर्न मन्त्रालय सधै तयार रहेको बताए।
राष्ट्रियसभामा उत्पति भएको ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रियसभाले पारित गरेर सुझावसहित प्रतिनिधिसभामा पठाएको हो।











-1784808429.png)