नाडा अटो सोमा ६६ लाखसम्मका विद्युतीय गाडी
काठमाडौं, भदौं ११ : नाडा अटो सो–२०१९ मा विद्युतीय गाडीको आकर्षण रहेको छ। विभिन्न कम्पनीहरूले पनि विद्युतीय गाडीलाई प्राथमिकता दिएर प्रदर्शनमा रा....
काठमाडौं, भदौं ११ : नाडा अटो सो–२०१९ मा विद्युतीय गाडीको आकर्षण रहेको छ। विभिन्न कम्पनीहरूले पनि विद्युतीय गाडीलाई प्राथमिकता दिएर प्रदर्शनमा राखेका छन्।
यस वर्षको नाडा अटो सोमा विद्यार्थी गाडीले नयाँ आकर्षण थपेको छ। प्रदर्शनीमा राखिका विद्युतीय गाडी ६६ लाख मूल्यसम्मका छन्। प्रदर्शनीमा राखिएका केही विद्युतीय गाडी यस्ता छन् :
एसयूभी एमजी जेडएस
नाडा अटो सोमा एसयूभी एमजी जेडएस गाडी पहिलो आकर्षणमा रहेको छ। नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले एमजी जेडएस विद्युतीय गाडी सार्वजनिक गरेकोे हो।
यस गाडीमा ६ वटा एयरब्याग रहेका छन् भने तीनटा ड्राइभिङ मोड रहेका छन्।
यसमा ११० किलोवाट पावर र ३५० एनएम टर्क क्षमता दिने कम्पनीले जनाएको छ। ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने लिथियम आयन ब्याट्री गाडीमा रहेको छ।
एमजी जेडएस इभीले एक पटकको चार्जमा ४२८ किमिसम्मको माइलेज दिने कम्पनीले जनाएको छ। ब्याट्रीमा आठ वर्ष एवं एक लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ।
एमजी जेडएसको मूल्य ४९ लाख ९९ हजार रूपैयाँ रहेको छ। नाडा अटो सोमा विशेष छुटको व्यवस्था गरिएको छ।
एमपिभी एम-३
त्यस्तै, नाडा अटो सोमा अर्को आकर्षण बिवाइडीको मिनी मल्टी युटिलिटी भेहिकल एमपिभी एम ३। नेपालका लागि आधिकारिक साइमेक्स इन्कले यसलाई प्रदर्शनीमा राखेको छ।
यो मिनी एमपिभी एम–३ गाडी पाँच सिटर र सात सिटरमा उपलब्ध छ। यसको मूल्य करिब ४५ लाख रुपैयाँ छ। नाडा अटो सोमा यसले पनि विशेष छुटको व्यवस्था गरेको छ।
बिवाइडी एम–३ ले एक पटकको फुल चार्जमा ३५० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ। यस गाडीको अधिकतम गति करिब १३० किलोमिटर प्रतिघन्टा रहेको छ।
त्यस्तै बिवाइडीको हाल नेपाली बजारमा बिक्री भइरहेको ई–६ समेत नाडा अटो शोमा राखिएको छ।
२०१९ मा चीनको सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादन कम्पनी बिवाइडीले यस पटक नाडा अटो सोे मा सहभागिता जनाएको हो।
निरो इभि
विद्युतिय गाडीमा पछिल्लो समय निरो इभि पनि रोजाइमा पर्न थालेको छ। यो विशेष गरेर धनिहरुको रोजाइमा पर्दै आएको छ। यसलाई कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजको नाडा अटो सोमा सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार हाल यसको मूल्य ६६ लाख ९० हजार रहेको छ। ६४ किलो प्रतिघण्टा क्षमता भएको यो कार एकपटको चार्जमा ४५० किलोमिटर दौडिन सक्छ।
यो कारमा लिथिएम आइवन पोल्यम्बर ब्याट्री प्रयोग गरिएको छ। यस ब्याट्रीले प्रतिघण्टा ६४ किलोमिटरसम्मको क्षमता रहेको कम्पनीको जनाएको छ। यो गाडी सेतो, रातो, निलो र कालो रङमा उपलब्ध छ।






