संविधान दिवसमा तास खेल्न र गलफ्रेन्ड-ब्वाइफ्रेन्ड भेट्न विदा दिएको होइन: सञ्चारमन्त्री
काठमाडौं, भदौ ११ : संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि विदा दिएको बताएका छन्। संविधान दिवसका दिन अ....

काठमाडौं, भदौ ११ : संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि विदा दिएको बताएका छन्। संविधान दिवसका दिन अरु काम गर्नका लागि विदा नदिएको उनको भनाइ थियो।
संविधान दिवस मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसिमितिले बुधबार संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको जिकिर गरे। उनले यसमा सबैको अर्थपूर्ण सहभागीताको अपेक्षा आफुले गरेको बताए।
संविधान दिवसअन्र्तगत गरिने कार्यक्रममा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्थालगायत सबै बर्ग र क्षेत्रको सहभागीता हुनुपर्ने उनको भनाइ थियो।
‘संविधान दिवसका दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गलफ्रेन्ड लिएर हिड्न र ब्वाइफ्रेन्डलाई भेट्न जानका निम्ति विदा दिएको होइन। फाइनल कुरा यही हो। सिधा सिधा, राष्ट्रिय दिवस नै मनाउन दिएको हो,’ संचारमन्त्री बास्कोटाले भने।
उनले संविधान दिवसलाई कर्मकाण्डीभन्दा भिन्न रुपमा सबै वर्ग विशेषको सहभागीता हुने गरी हर्षाेल्लासपुर्ण रुपमा मनाउनका लागि श्रृजनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे।
संविधान दिवस मूल समारोह समितिअन्र्तगत संचारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचारप्रसार उपसिमितिले बुधबार संचारक्षेत्रसंग सम्बन्धित सबै सरोकारवालासँग छलफल गरेको छ।











-1784808429.png)