भारतकी हरनाज सान्धुले जितिन् मिस युनिभर्स-२०२१ को ताज
काठमाडौं, मंसिर २७ : भारतकी हरनाज सान्धुले मिस युनिभर्स २०२१ को ताज जितेकी छन्। इजरायलको एलातमा आयोजित यसपालिको मिस युनिभर्स ७०औं संस्करण हो।२१...
काठमाडौं, मंसिर २७ : भारतकी हरनाज सान्धुले मिस युनिभर्स २०२१ को ताज जितेकी छन्। इजरायलको एलातमा आयोजित यसपालिको मिस युनिभर्स ७०औं संस्करण हो।
२१ वर्षपछि उक्त ताज भारतको पोल्टामा आएको हो। यसअघि सन् २००० मा भारतकी अभिनेत्री लारा दत्ताले यो ताज हात पारेकी थिइन्।
मिस युनिभर्सको ताज पहिरिएपछि हरनाजले भनिन्, ‘म परमात्मा, मेरो बुबाआमा र मिस इन्डिया संगठनप्रति आभारी छु, जसले मेरो लागि प्रार्थना गर्नुभयो। सबैलाई माया, सबैलाई धन्यवाद!’
हरनाजलाई यसअघिकी मिस युनिभर्स मेक्सिकोकी एन्ड्रिया मेजाले ताज पहिर्याइदिएकी थिइन्। हरनाजले गत अक्टोबरमा सम्पन्न ‘मिस युनिभर्स इन्डिया–२०२१ को’ को ताज जितेकी हुन्।
हरनाज मोडलिङसँगै प्रशासनमा स्नातकोत्तर अध्ययनरत छिन्।
प्रकाशित मिति: १२:३९ बजे, सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












