Kathmandu Press

नेपालको अन्तर्राष्ट्रिय व्यापारको इतिहासदेखि वर्तमान सम्म पुस्तक बजारमा 

काठमाडौं, मंसिर २६ : शरद विक्रम राणाद्धारा लिखित ‘नेपालको अन्तर्राष्ट्रिय व्यापार : इतिहासदेखि वर्तमान सम्म चुनौती र अवसरहरु’ नामक पुस्तक बजारमा आएको छ ।उद्योग...
नेपालको अन्तर्राष्ट्रिय व्यापारको इतिहासदेखि वर्तमान सम्म पुस्तक बजारमा 

काठमाडौं, मंसिर २६ : शरद विक्रम राणाद्धारा लिखित ‘नेपालको अन्तर्राष्ट्रिय व्यापार : इतिहासदेखि वर्तमान सम्म चुनौती र अवसरहरु’ नामक पुस्तक बजारमा आएको छ ।

उद्योग वाणिज्य क्षेत्रमा झण्डै तीन दशक विताएका राणाले आफ्नो अध्ययन, सेवा अनुभव र विज्ञताको आधारमा सो पुस्तक बजारमा ल्याएका हुन् । नेपाल चेम्बर अफ कमर्स निर्यात प्रर्वद्धन समितिका सल्लाहकार समेत रहेका राणाको पुस्तकको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विमोचन गरे ।

Hardik ivf

विभिन्न चार खण्डमा विभाजन गरिएको पुस्तकमा नेपालको वैदेशिक व्यापारको पुष्ठभूमी, एसियाली मुलुकमा नेपालको अवस्था, मुलुकको अन्तराष्ट्रिय व्यापारको अवस्था र कृषि जन्य वस्तुहरुको आयत निर्यातको अवस्था, अन्तर्राष्ट्रिय व्यपारमा देखा परेका चुनौती तथा समाधनको उपायहरु समेत पुस्तकमा समावेश गरिएको छ । 

पुस्तकमा नेपालको अन्तराष्ट्रिय व्यापारको इतिहास, व्यापार घाटाको चुनौती, समाधानको उपायहरु पुस्तकमा समावेश गरिएको छ ।सरकारी र नीजि क्षेत्रमा कार्यरत सरोकारवाला निकाय, नीति निर्माता तथा आर्थिक पत्रकारिता गर्नेलाई सो पुस्तक फलदायी हुने अपेक्षा राखेको लेखक राणाले बताए ।

पुस्तकको विमोचन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नीति निर्माण कर्ताका लागि पुस्तक निकै प्रभावकारी भएको बताउनुभयो । पुस्तकलाई देशभरका चेम्वरहरुमा लैजाने  अध्यक्ष मल्लले बताए । 

प्रकाशित मिति: २०:४२ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्