संविधान दिवसमा भारतीय प्रधानमन्त्री माेदी नआउने
काठमाडौं, भदौ ७ : प्रधानमन्त्री केपी ओलीले असोज ३ गते संविधान दिवशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिथिको रुपमा बोलाए पनि उनी नआउने भएका छन्।....
काठमाडौं, भदौ ७ : प्रधानमन्त्री केपी ओलीले असोज ३ गते संविधान दिवशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिथिको रुपमा बोलाए पनि उनी नआउने भएका छन्।
केही दिन अघि नेपाल भ्रमणमा आएका भारतीय विदेशीमन्त्री एस. जयशंकरमार्फत प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको संविधान दिवसमा अतिथिका रुपमा निमन्त्रणा पत्र पठाएका थिए। तर, भारतीय प्रधानमन्त्री मोदी नेपाल नआएर अमेरिका जाने भएका छन्।
स्रोतका अनुसार, काठमाडौंस्थित भारतीय दूतावासले नेपालको संविधान दिवसमा मोदी नआउने जानकारी प्रधानमन्त्री कार्यालयलाई गराइसकेको छ। नेपालको संविधान दिवसे असोज ३ गते तद्नुसार, २० सेप्टेम्बरमा पर्छ।
उच्च स्रोतका अनुसार, भारतीय विदेशमन्त्री जयशंकर फर्किएको दुई दिनमै भारतीय पक्षले मोदी संविधान दिवशको दिन नेपाल भ्रमणमा आउन नसक्ने जानकारी गराएको हो।
नेपालको संविधान दिवसको समयमा भारतीय प्रधानमन्त्री मोदी अमेरिका जाँदै छन्। उनी सेप्टेम्बर तेस्रो साता अमेरिका भ्रमणमा जाने पक्का भइसकेको छ।
उनले अमेरिकाका दुई शहर हुस्टन र सिकागोमा भारतीय अमेरिकन समुदायको सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
त्यस्तै मोदीले सेप्टेम्बर २३ मा न्यूयोर्कमा हुने राष्टसंघीय जलवायु परिवर्तन सम्मेलनमा सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ।
जसले गर्दा नेपालको संविधान दिवस २० सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा हुने कार्यक्रममा सहभागी हुने भएका छन्।






