Kathmandu Press

डडेल्धुरामा जीप दुर्घटना, एकको मृत्यु, दुई घाइते

अमरगढी, भदौ ११ : डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट सदरमुकाम अमरगढी आइरहेको म १ ज २१० नं. को जीप दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्....

डडेल्धुरामा जीप दुर्घटना, एकको मृत्यु, दुई घाइते

अमरगढी, भदौ ११ : डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट सदरमुकाम अमरगढी आइरहेको म १ ज २१० नं. को जीप दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आज बिहान भागेश्वर गाउँपालिका–४ को डुङरीमा दुर्घटना हुँदा  अजयमेरुकी ६३ वर्षीया मानमतीदेवी चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय रमेश मल्लका अनुसार, गाडीमा च्यापिएर उनको मृत्यु भएको हो।

दुर्घटनामा दुई जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि डडेलधुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ददीराम न्यौपानेले बताए।

जीपमा २२ जना यात्रु थिए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। क्षमताभन्दा बढि यात्रु र कच्ची बाटोका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति: १२:२६ बजे, बुधबार, भदौ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्