Kathmandu Press

६७ वर्षीय थुनुवाको मृत्यु

महोत्तरी, भदौ ११ : महोत्तरीको जलेश्वर कारागारमा रहेका ६७ वर्षीया थुनुवाको मृत्यु भएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर....

६७ वर्षीय थुनुवाको मृत्यु

महोत्तरी, भदौ ११ : महोत्तरीको जलेश्वर कारागारमा रहेका ६७ वर्षीया थुनुवाको मृत्यु भएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ६७ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको निमित्त जेलर मकसुदन महासेठले बताए। उनी २०७४ पुस ९ गतेदेखि जलेश्वर कारागारमा रहेका थिए।

आज बिहान अचानक रक्तचाप बढेपछि उपचारको लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा लगिएको थियो। उनको उपचारका क्रममै बिहान ८ः४५ बजे मृत्यु भएको निमित्त जेलर महासेठले बताए।

उनको शव आफन्तलाई बुझाउने तयारी भइरहेको कारागार कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ११:४७ बजे, बुधबार, भदौ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्