कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं, भदौ ११ : कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।
पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा भातृ संस्थाबार....

काठमाडौं, भदौ ११ : कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ।
पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा भातृ संस्थाबारे छलफल हुनेछ। कांग्रेसका अधिकांश भातृ संस्थाको समयावधि सकिएको छ। यससम्बन्धी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गतेको बैठकमा एजेन्डा पेश गरेका थिए। त्यही विषयमाथि आज छलफल हुने जनाएको छ।
त्यस्तै, आजको बैठकमा दोस्रो चरणको जागरण अभियानका विषयमा पनि छलफल हुने जनाएको छ। यससँगै समसायिक राजनीतिक विषयले पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रवेश पाउनेछन्।
प्रकाशित मिति: ११:१० बजे, बुधबार, भदौ ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)