सुर्खेतमा बस दुर्घटना, तीनको मृत्यु, २७ घाइते
सुर्खेत, भदौ ११ : सुर्खेतको भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २७ जना घाइते भएका ....

सुर्खेत, भदौ ११ : सुर्खेतको भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २७ जना घाइते भएका छन्।
जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान साढे तीन बजेतिर भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटनामा परेको हो।
दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन नसकेको सुर्खेतका प्रहरी नायव उपरीक्षक रवि रावलले बताए।
घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।











-1784808429.png)