Kathmandu Press

कुँवरको ‘नेविसंघको मैदानबाट महिला नेतृत्व’ सार्वजनिक

काठमाडौं, भदौ १० : नेपाल विद्यार्थी संघकी नेतृ महेश्वरी कुँवरको ‘नेविसंघको मैदानबाट महिला नेतृत्व’ नामक पुस्तक सार्वजनिक भएको छ।

कुँवरको ‘नेविसंघको मैदानबाट महिला नेतृत्व’ सार्वजनिक

काठमाडौं, भदौ १० : नेपाल विद्यार्थी संघकी नेतृ महेश्वरी कुँवरको ‘नेविसंघको मैदानबाट महिला नेतृत्व’ नामक पुस्तक सार्वजनिक भएको छ।

मंगलबार २३ औं मंगलादेवी स्मृति दिवशको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस नेतृ डा.आरजु राणा देउवाले उक्त पुस्तकको विमोचन गरेकी हुन्।

नेविसंघकी निवर्तमान सहमहामन्त्री कुँवरले नेपाली कांग्रेसको राजनीतिमा नेविसंघबाट उदाएका नेतृत्वहरुको विषयमा खोज गरेर उक्त पुस्तक तयार गरेकी छन्।

पुस्तकको विमोचन गर्दै नेतृ डा. देउवाले तत्कालीन प्रतिकुल अवस्थामा पनि नेपाली कांग्रेसका नारीहरुले राजनीतिमा गरेको संघर्ष सबैको लागि प्रेरणा भएको बताइन् । 

नेविसंघको मैदानबाट महिला नेतृत्व पुस्तकको विमोचन गर्दै डा. आरजु राणा देउवा

उनले पुस्तककी लेखिका कुँवरले नेपाली कांग्रेसका नारी नेताहरुको बारेमा सुरुका दिनदेखि गरेको संघर्ष मेहेनतका साथ पुस्तकमा उतारेकोमा बधाई पनि दिएकी थिइन्। डा. देउवाले पुस्तक कांग्रेसमा महिला नेतृत्वबारेमा पढ्नै पर्ने दस्तावेज भएको पनि बताइन्। उनले कांग्रेसको संघर्षकै कारण अहिले महिलाहरुका अधिकार सुनिश्चित भएको पनि बताईन । उनले नेपाली महिलाहरु सबै आफ्नै बलवुताबाट राजनीति गरेर अहिलेको अव्सथामा आएको बताइन्।

कार्यक्रममा महिला संघकी अध्यक्ष उमा रेग्मी, पूर्वअध्यक्ष मीना पाण्डे लगायतले पनि आफ्नो धारणा राखेका थिए। उनीहरुले नेपालमो लोकतान्त्रिक आन्दोलनमा महिलाहरुको पनि पुरुष सरह योगदान र संघर्ष रहेको बताएका थिए। 

प्रकाशित मिति: १७:३३ बजे, मंगलबार, भदौ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्