प्रधानमन्त्री ओली सिंगापुरबाट हप्ता, दश दिनमा फर्किने
काठमाडौं, भदौ १० : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्काटोले प्रधानमन्त्री केपी शर्मा ओली हप्ता, दश दिनमा स्वस्थ्य भएर फर्किने जानक....
काठमाडौं, भदौ १० : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्काटोले प्रधानमन्त्री केपी शर्मा ओली हप्ता, दश दिनमा स्वस्थ्य भएर फर्किने जानकारी दिएका छन्।
मंगलबार उनले प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा उपचार जारी रहेको बताएका हुन्।
‘प्रधानमन्त्रीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको सबैलाई थाहा छ। त्यसको बेलाबेलामा नियमित फलो अप हुन्थ्यो, अहिले पनि भइरहेको छ,’उनले भने,‘प्रधानमन्त्रीसँग सोमबार हामीले सबैले कुराकानी गर्यौँ, उहाँको स्वास्थ्य अवस्था अत्यन्त राम्रो छ। दुई वटा डोज दिइएको छ। सात वटा नै दिनु नपर्ने पनि हुन सक्छ।’
उपचारबाट प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै गएको र आफ्नोबारेमा चिन्ता व्यक्त गर्नेलाई उहाँले धन्यवादसमेत दिएको मन्त्री बाँस्कोटाले जानकारी दिए।
‘प्लाज्मा फेरेसिस प्रक्रियाले निकै राम्रो काम गरेको छ। उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ, प्रधानमन्त्रीले यो पनि भन्नुभएको छ, म निदाउँदा नेपालमा र बिउँझदा मात्रै सिंगापुरमा भए जस्तो लागेको छ। ज्यान यता छ मन त्यता (नेपाल)मा छ। म स्वस्थ भएर चाँडै फर्कन्छु, ढुक्कले काम गर्नुस्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री बाँस्कोटाले भने।






