Kathmandu Press

कलाकार विल्सनविक्रम राईलाई पुत्रीलाभ, नाम राखियाे सभ्यताविक्रम राई

काठमाडौं, मंसिर २३ : हास्य कलाकार विल्सनविक्रम राईलाई पुत्रीलाभ भएको छ।तक्मे बुढाको नामले पनि चिनिने उनले आज (बिहीबार) सामाजिक सञ्जालमार्फत आफू पिता बनेको जानकारी...
कलाकार विल्सनविक्रम राईलाई पुत्रीलाभ, नाम राखियाे सभ्यताविक्रम राई

काठमाडौं, मंसिर २३ : हास्य कलाकार विल्सनविक्रम राईलाई पुत्रीलाभ भएको छ।

तक्मे बुढाको नामले पनि चिनिने उनले आज (बिहीबार) सामाजिक सञ्जालमार्फत आफू पिता बनेको जानकारी दिएका हुन्। झापाको बिर्तासिटी अस्पतालमा विल्सनकी छोरी जन्मिएकी हुन्। उनले छोरीको नाम सभ्यताविक्रम राई राखेको पनि जानकारी दिएका छन्।

 ‘आज हाम्रो परिवारको नयाँ सदस्यको शुभ आगमन भयो, मलाई छोरीको बाबु र मेरो जीवनसाथीलाई छोरीको आमा बन्ने सौभाग्य प्राप्त भयो। औधी भाग्यमानि ठानेको छु,’ उनले फेसबुकमा लेखेका छन्। उनले फेसबुकमार्फत छोरीलाई स्वागत गदैृ शुभ आशीर्वाद पनि दिएका छन्।  उनले छोरी बोकिरहेको तस्बिर पनि सार्वजनिक गरेका छन्। 

राईले २०७६ भदौमा सरिना लामासँग विवाह गरेका थिए। 

प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्