Kathmandu Press

व्यवसायीलाई अर्थमन्त्री खतिवडाको चेतावनी- कर छल्ने प्रयास नगर्नुस् 

काठमाडौं, भदौ १० : अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिएका छन्।

काठमाड....

व्यवसायीलाई अर्थमन्त्री खतिवडाको चेतावनी- कर छल्ने प्रयास नगर्नुस् 

काठमाडौं, भदौ १० : अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिएका छन्।

काठमाडौंको भृकुटीमण्डपमा मंगलबार नाडा आटो शो २०१९ को उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले विद्युतीय सवारीसाधन भनेर ब्याट्रीबाट स्टार्ट हुने तर सञ्चालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारीसाधन ल्याएर उद्योगीले कर छल्न खोजेको बताएका हुन्।

विद्युतीय उर्जाबाट चल्ने गाडीमा मात्रै सरकारले भन्सार र अन्तशुल्क छुट दिएको स्मरण गराउँदै उनले उद्योगीहरुलाई इमान्दार भएर व्यवसाय गर्न आग्रह गरे। ‘तपाईँहरुले सरकारलाई छल्ने काम नगर्नुस्। सरकार पनि इमान्दारीपूर्वक पेश हुन चाहन्छ र तपार्इँहरु पनि इमान्दार पूर्वक पेश हुनुहोस्,’ उनले भने।

उनले ९० प्रतिशत परम्परागत उर्जा र १० प्रतिशत विद्युत् प्रयोग हुने सवारीसाधनलाई सरकारले कुनै पनि अवस्थामा छुट नदिने बताए। अर्थमन्त्री खतिवडाले विद्युतीय सवारीसाधनको उद्योग राख्न खोज्ने उद्योगीलाई सरकारले संरक्षण दिन तयार रहेको पनि बताए।

व्यवसायी जस्तै राज्यपनि लाभको नीति अनुसार अघि बढ्ने भन्दै उनले कम्तिमा २० प्रतिशत मूल्य अभिवृद्धि हुने विषयमा सरकारले संरक्षण प्रदान गर्दै कर छुट, अन्तशुल्क भन्सार र अरु कर छुट दिनका लागि सरकार तयार रहेको बताए।

मंगलबार सुरू भएको नाडा अटो शो २०१९ भदौ १६ गतेसम्म चल्ने छ।
 

प्रकाशित मिति: १६:२० बजे, मंगलबार, भदौ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्