Kathmandu Press

‘सभामुख महोदय, नागरिकता विधेयक कहाँ हरायो?’

काठमाडौं, भदौ १०ः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले सभामुख कृष्णबहादुर महरासँग संसदमा आएको नागरिकता विधेयक कहा....

‘सभामुख महोदय, नागरिकता विधेयक कहाँ हरायो?’
काठमाडाैंप्रेस

काठमाडौं, भदौ १०ः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले सभामुख कृष्णबहादुर महरासँग संसदमा आएको नागरिकता विधेयक कहाँ गयो भनेर प्रश्न गरेका छन् । 

संसद्को शुन्य समयमा बोल्दै कर्णले सभामुखसँग सोधे, ‘यो संसद्मा नागरिकता विधेयक आएको थियो, त्यो विधेयक कहाँ हरायो?’  ‘संसद्मा आएको सम्पत्ति सभामुखलाई पनि थाहा होला’ भन्दै उनले माग गरे, ‘त्यसलाई चाँडैभन्दा चाँडै यहाँ ल्याउने व्यवस्था गर्नुपर्‍यो।’

नागरिकताबिहीन पाँच लाख नेपालीको रहेको बताउँदै उनले भने, ‘नागरिकताबिहीन व्यक्तिहरूको दशा के हुन्छ भन्ने मैले भन्नुपर्छ–आज पाँच लाख भन्दा बढी युवाहरू नागरिकताबिहीन भएर रोजगार पाएका छैनन्। उच्च शिक्षा पाएका छैनन्। सिंहदरबारभित्र प्रवेश गर्न सकेका छैनन्।’

संसद्को फूल हाउसले दफाबार छलफल गरी सरोकारवालाका मुद्दालाई समेत समेट्न भनी करिब एक वर्ष प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पठाएको थियो। उनले भने, ‘समितिले विधेयकलाई थन्काएर राखेको छ। चाँडै यो संसद्मा ल्याउनुपर्‍यो भनेर सम्बन्धित समिति र मन्त्रीलाई सभामुखमार्फत अनुरोध गर्छु।’ 

प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, भदौ १०, २०७६