Kathmandu Press

संसदभित्र महिलाको भूमिका प्रभावकारी बनाउन पहल

काठमाडौं, भदौ १०ः संघीय संसदमा महिला सांसदहरुको भूमिका बढाउन गर्न संसद सचिवालयले मंगलबार संसदीय अभ्यास सम्बन्धी अन्तर्क्रिया गरेको छ । संसदमा महिला सा....

संसदभित्र महिलाको भूमिका प्रभावकारी बनाउन पहल
काठमाडाैंप्रेस

काठमाडौं, भदौ १०ः संघीय संसदमा महिला सांसदहरुको भूमिका बढाउन गर्न संसद सचिवालयले मंगलबार संसदीय अभ्यास सम्बन्धी अन्तर्क्रिया गरेको छ । संसदमा महिला सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले महिला सांसदहरुलाई इतिहासमा स्मरण हुने गरी भूमिका वृद्धि गर्न आग्रह गरिन् । उनले भनिन्, ‘संसदमा महिला माननीयहरुको भूमिका धेरै राम्रो छ, तर अझै वृद्धि गर्न जरुरी छ । यसरी भूमिका निर्वाह गर्नुहोस् कि भोलिका पुस्ताले पनि सम्झिउन् ।’ 

संविधान निर्माण हुनुभन्दा अगाडि र अहिलेको अवस्थाका फरक रहेको बताउँदै उनले अगामी अधिवेशनबाट महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने योजना बनाउन आग्रह गरिन् । उनले सांसदहरुको महत्वपूर्ण जिम्मेवारी संसदीय गतिविधिमा सहभागी हुने भएको बताउँदै त्यसमा चुक्न नहुने उल्लेख गरिन् ।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले संसदीय अभ्यास पुरानो भए पनि कहिलेकाहीँ स–साना कमजोरी र प्रस्तुतिमा महिला माननीयहरु चुकिरहेको उल्लेख गरिन् । उनले शून्य समय, विशेष समयका विषय र शैलीलाई अधिकतम प्रयोग र सुधार गर्न पनि आग्रह गरिन् । 

कार्यक्रममा तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान, संसदीय अभ्यासमा प्रभावकारी भूमिका विषयमा प्रशिक्षण दिएका थिए ।

नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले कानुन निर्माणको संसदीय चरण र संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले संसदमा प्र्रश्नोत्तर, सैद्धान्तिक र व्यावहारिक पक्षबारे प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति: १३:२९ बजे, मंगलबार, भदौ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्