Kathmandu Press

राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन

काठमाडौं, मंसिर २२ : सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ।आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन...
राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन

काठमाडौं, मंसिर २२ : सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ।

आज (बुधबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो।

Hardik ivf

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको  बताए। 

स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको स्रोत बनेर रहेको उनको भनाइ थियो। ‘स्वर्गारोहणपछि पनि उहाँ हामी सबैको प्रेरणाको स्रोत हुनुहुन्छ। उहाँ कालजयी हुनुहुन्छ। उहाँले रचना गरेका सम्पत्ति नेपालीहरुलाई छोडेर जानुभएको छ। यो सदा उच्च सम्मानका साथ नेपालीहरुले यसलाई आत्मसात गर्नेछन्,’ उनले भने, ‘त्यसलाई अझ ताजा स्मरण गराउन हुलाक टिकट प्रकाशनमा ल्याएका छौं। यो सबैका लागि गौरवको विषय हो।’

कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डा. किरण रेग्मीले पिताले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान हरेक नागरिकका घरमा पुग्ने बताइन्।

प्रकाशित मिति: १८:०० बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्