सरकारकै कारण भ्रष्टाचार बढ्यो : सिंह
काठमाडौं, भदौ १० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन्।
नेपाल महिला संघकी संस्थ....

काठमाडौं, भदौ १० : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन्।
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले सरकारको अलोकप्रिय कदमकै कारण नागरिकको भरोसा गुमाउँदै गएको बताए।
‘भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठूल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्,’ उनले भने, ‘यसबाट सरकारप्रति नागरिकको भरोसा गुम्दै गइरहेको छ।’ जनसरोकारका विषयमा कांग्रेस खरो उत्रन नसकेको उनको भनाइ थियो।
‘जनसरोकारका विषयमा विषयमा कांग्रेस मौन बस्यो भन्नु सही होइन, हामी आवाज उठाइरहेका छौं। तर जति हुनुपर्ने त्यो नभएको हुनसक्छ,’ सिंहले भने।
मंगलादेवी सिंहको व्यक्तित्वको चर्चा गर्दै उनको उचित मूल्यांकन हुन नसकेको गुनासो गरे। मंगलादेवी नेपाली महिला आन्दोलनकी अग्रणी नेतृ हुन्।











-1784808429.png)