Kathmandu Press

संघीय शिक्षा नीति अन्तिम चरणमा : शिक्षामन्त्री पोखरेल

काठमाडौं, भदौ ९ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन्।

प्रतिनिधिसभ....

संघीय शिक्षा नीति अन्तिम चरणमा : शिक्षामन्त्री पोखरेल

काठमाडौं, भदौ ९ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रश्नोत्तर कार्यक्रम अन्तर्गत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिँदै उनले शिक्षा सम्बन्धी तीनै तहले गर्नुपर्ने कामबारे समग्र पक्ष समेटेर सरकारले संघीय शिक्षा नीति बनाएको र सो नीतिबारे प्रधानमन्त्री सिंगापुर जानु अघि बसेको मन्त्रिपरिषद् बैठकमा छलफल पनि भएको जानकारी दिएका हुन्। 

मन्त्री पोखरेलले शिक्षा नीतिका सम्बन्धमा प्रधानमन्त्री र विभागीय मन्त्रीबीचको बुझाइ फरक भएको भन्ने भनाइमा सत्यता नभएको दाबी गरे। उनले संघीय शिक्षा नीतिमा संघीय शिक्षा सम्बन्धी तीनै तहले गर्नुपर्ने काम र समग्र पक्षबारेमा व्यवस्था गरिएको पनि बताए।

शिक्षा नीति निर्माण गर्ने क्रममा उच्चस्तरीय शिक्षा आयोग गठन भएको र आयोगको प्रतिवेदन अनुसार नै प्रधानमन्त्रीको निर्देशनमा आयोगमै भएका सदस्यहरु मध्येबाट ६ जना विज्ञ सम्मिलित समूहले नीति बनाउने काम गरेको उनले जानकारी दिए।

उनले नीति पारित भएपछि सरकारले उच्चशिक्षा सम्बन्धीत र विद्यालय र प्राविधिक शिक्षा सम्बन्धीत दुई वटा ऐन ल्याउने विश्वास दिलाए। सांसदहरुले शिक्षा नीति र संघीय शिक्षा ऐन निर्माणमा भएको ढिलाइबारे प्रश्न गरेका थिए।

प्रधानमन्त्री र विभागीय मन्त्रीको बुझाइमा भिन्नता भएका कारण नीति र ऐन निर्माणमा ढिलाइ भएको भन्ने कुरा आएको भन्दै उनीहरुले त्यसबारे पनि जिज्ञासा राखेका थिए।
 

प्रकाशित मिति: १९:३७ बजे, सोमबार, भदौ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्