रवि लामिछानेलाई पुडासैनी मृत्यु प्रकरणबारे कार्यक्रम चलाउन रोक
चितवन, भदौ ९ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने पाँच ....
चितवन, भदौ ९ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले लामिछानेलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो। आदेशसँगै रवि पाँच लाख धरौटी बुझाएर रिहा भएका छन्।
तर, रिहा भएपनि लामिछानेलाई अदालतले पुडासैनीको आत्महत्या प्रकरणबारे कार्यक्रममा बोल्न रोक लगाएको छ। सिधा कुरा जनतासँग कार्यक्रम चलाउन अनुमति दिएपनि अदालतमा विचाराधीन मुद्दा भएको भन्दै पुडासैनी मृत्यु प्रकरणबारे कार्यक्रममा बोल्न अदालतले रोक लगाएको हो।
रविसँगै पक्राउ परेका पत्रकार युवराज कँडेल तीन लाख धरौटीमा र नर्स अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन्।






