ओली सरकारप्रति जनताको विश्वास टुट्योः पौडेल
चितवन, भदौ ९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारप्रति जनताको विश्वास गुम्दै गएको बताएका छन्।
सोमबार च....

चितवन, भदौ ९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारप्रति जनताको विश्वास गुम्दै गएको बताएका छन्।
सोमबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले कांग्रेसले जनताको मन जित्ने गरी काम गर्नु पर्ने बताएका हुन्।
उनले सरकार र न्याय प्रणालीप्रति जनतामा अविश्वास बढ्दै गएको बताए। कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा उत्रिएका जनताले यसलाई प्रमाणित गरेको नेता पौडेलको भनाइ थियो।
उनले अब कांग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको पनि बताए। ‘सरकारको विकल्पको रुपमा कांग्रेसलाई तयार गर्नुपर्छ। यसका लागि सबै एक भएर अघि बढ्नुको विकल्प छैन,’ पौडेलले भने।
पार्टीको महाधिवेशन समयमा नै गर्नुपर्ने र पार्टीभित्र भएका कमीकमजोरीलाई अन्त्य गर्दै जनतामाझ जानुको विकल्प नरहेको उनको भनाइ छ।











-1784808429.png)