Kathmandu Press

समायोजनमा जाने प्रहरीको एक तह बढुवा नहुने

काठमाडौं, भदौ ९ : सरकारले समायोजमा जाने प्रहरीको बढुवा गर्न नसकिने दोहोर्‍याएको छ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिक....

समायोजनमा जाने प्रहरीको एक तह बढुवा नहुने
फाइल

काठमाडौं, भदौ ९ : सरकारले समायोजमा जाने प्रहरीको बढुवा गर्न नसकिने दोहोर्‍याएको छ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा प्रहरी समायोजन विधेयक–२०७६ माथिको छलफलका क्रममा गृहसचिव प्रेमकुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने बताएका हुन्। 

उनले एउटै तहका प्रदेश प्रहरीले नपाउने र संघीय प्रहरीले पाउने व्यवस्था गर्दा विभेद हुने दाबी गरे। उनले समायोजनमा जाने प्रहरीका लागि दुई ग्रेड थप गर्ने व्यवस्था गरिएको जानकारी दिए।

बैठकमा समिति सदस्यहरुले विगतमा पनि नेपाली सेनाबाट सशस्त्रमा  लैजाँदा एक तह बढुवा गरिएको नजिर रहेको तथा हाल निजामति कर्मचारीको समायोजन गर्दा पनि एक तह बढुवा गरिएकाले प्रहरी समायोजनमा पनि सोही अभ्यासलाई निरन्तरता दिनुपर्ने बताएका थिए।

समायोजनमा जाने प्रहरीको एक तह बढुवा गरिनुपर्ने आवाज उठेपनि त्यो व्यवस्था विना नै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयक पास गरेको थियो।
 

प्रकाशित मिति: १६:०१ बजे, सोमबार, भदौ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्