‘सप्तरंग-३’मा राजेश हमालदेखि अस्मिता अधिकारीसम्म
काठमाडाैं, मंसिर २० : सातै प्रदेशमा ‘सप्तरंग-३’ हुने भएको छ। आज (सोमबार) राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरंग-३’ हुने जानकारी गराएको हो।गृष्मा ब्रोडकास्टिङले...
काठमाडाैं, मंसिर २० : सातै प्रदेशमा ‘सप्तरंग-३’ हुने भएको छ। आज (सोमबार) राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरंग-३’ हुने जानकारी गराएको हो।
गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउनेछ। ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताका निम्ति भन्ने भनाइलाई जनमानसमा कला मार्फत प्रस्ट्याउनु नै ‘सप्तरंग’को मूल आशय हो।
पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो। कलासंस्कृतिलाई उजागर गर्दै मंसिर २४ देखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ।
काँकडभिट्टा लगत्तै मंसिर २६ मा जनकपुर , २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ। ‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह , हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुनेछन्।
विगत पाँच वर्ष देखी निरन्तर रूपमा गृष्मा ब्रोडकास्टिले मनोरञ्जनको क्षेत्रमा आफ्नो मौलिक कार्यक्रमहरूमार्फत सिंगो देश र विदेशमा रहिआएका आप्रवासी नेपालीहरूलाई एउटै साझा सागिंतिक धागोमा गाँस्दै आएको छ।
नेपाल र नेपालीलाई चिनाऔं र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र वेशभूषालाई विश्वसामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो भन्ने भनाइलाई प्रस्ट्याएको छ।
पहिलो र दोस्रो संस्करणले सात प्रदेशबीचको आम जनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो। यो संस्करणले सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट स्वास्थ्य र समृद्धिको नारालाई प्रवर्द्धन गरिनेछ। यसैगरी कार्यक्रमको होस्ट निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्नेछन्।












