सिंगापुरबाटै प्रधानमन्त्री मन्त्रिपरिषद् बैठकमा सामेल
काठमाडौं, भदौ ९ : उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेका छन्....

काठमाडौं, भदौ ९ : उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेका छन्।
सोमबार सिंहदरबारमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठकको अभ्यास गरिएको हो। बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका थिए।
प्रधानमन्त्री ओलीले पनि धन्यवाद दिदै स्वास्थ्य उपचार सफलतापूर्वक र राम्रो ढंगले अघि बढेको जानकारी गराएका थिए। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सको पहिलो प्रयास सफल भएको जानकारी दिए।
बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्नुको साथै आ–आफ्नो मन्त्रालयगत समस्या राखेको र ती समस्यामा प्रधानमन्त्रीले पनि आवश्यक निर्देशन दिएको प्रवक्ता बाँस्कोटाले बताए।
भिडियो कन्फ्रेन्समार्फत गरिएको मन्त्रिपरिषद् बैठकको भिडियो खिच्न भने दिईएको थिएन। मन्त्रिपरिषद् बैठकले नै प्रधानमन्त्री ओली सिंगापुर जानु अघि कार्यविधि संसोधन गरि भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद् बैठक बस्ने सक्ने व्यवस्था गरिएको थियो।











-1784808429.png)