राप्रपा (संयुक्त)को निर्वाचन परिचालन समिति गठन
काठमाडौं, भदौ ९ : राप्रपा (संयुक्त)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ।
राप्रपा (संयुक्त)ले उच्च....

काठमाडौं, भदौ ९ : राप्रपा (संयुक्त)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ।
राप्रपा (संयुक्त)ले उच्च कार्यसम्पादन समिति सदस्य धु्रवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो। समितिले संघीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि आवश्यक तयारी गर्नेछ।
समितिले विभिन्न क्षेत्रका वस्तुगत अवस्था अध्ययन गरेर रणनीतिक कार्ययोजना तय गर्ने पार्टी प्रवक्ता सगुन सुन्दर लावतीले बताए।
समितिमा ठाकुर प्रसाद शर्मा, श्याम तिमिल्सिना, भरतजंग उप्रेती, बाबुराम बस्नेत, भरत पाठक, झलक प्याकुरेल र मीना शाही सदस्य रहेका छन्। त्यस्तै, रामशरण पाठकलाई सदस्य सविचको जिम्मेवारी दिइएको छ।
यसैगरी राप्रपा (संयुक्त) सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन (संयुक्त) गठन गरिएको छ। केन्द्रीय कार्य सम्पादन समिति सदस्य ध्रुव रायमाझीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको जनाएको छ।
समितिमा ईनु अधिकारी, तेज खरेल, बलबहादुर केसी, विष्णुप्रसाद पोखरेल, राजेश्वर राय यादव, राम आशिष पाण्डे, कृष्णविक्रम शाह, मातृका भुषाल, बसन्त अधिकारी, नवराज सिलवाल, नारायणबहादुर राउत, सुवास पण्डित सदस्य रहेका छन्।











-1784808429.png)