Kathmandu Press

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

चितवन, भदौ ९ : निषेधाज्ञा तोड्न खोजेपछि रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ।

चितवनको जिल्ला प्रशासन कार्यालय चोक र हाकिम चो....

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

चितवन, भदौ ९ : निषेधाज्ञा तोड्न खोजेपछि रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ।

चितवनको जिल्ला प्रशासन कार्यालय चोक र हाकिम चोकमा झडप भएको हो। रविका समर्थक जुलुससहित आएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको जनाएको छ।

उनीहरूले निषेधाज्ञा तोड्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। दर्जनौं राउन्ड अश्रु ग्यास प्रहार गरिएको जनाएको छ।

झडपका क्रममा रविका समर्थकले ट्रकमा आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, हाकिम चोकमा ट्रकमा आगजनी भएको हो। ट्रकमा आगजनी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो। जिल्ला प्रशासन कार्यालय, अदालत, चौविसकोठी क्षेत्रमा पाँच जनाभन्दा बढी भेला नहुन दिन निषेधाज्ञा जारी गरिएको थियो।

यसैबीच शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगको मुद्दामा बहस सुरु भएको छ। केहीवेर अघि रवि र युवराज कँडेलको बयान सकिएको थियो।

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, भदौ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्