Kathmandu Press

दुई वर्षमा भित्रिए साढे ११ हजार विद्युतीय सवारी

काठमाडौं, भदौं ९ : विद्युतीय सवारी साधानको प्रयोग बढ्न थालेको छ। गत दुई वर्षमा साढे ११ हजारभन्दा बढी सवारी साधान भित्रिएका छन्।

भन्सार विभाग....

दुई वर्षमा भित्रिए साढे ११ हजार विद्युतीय सवारी
रिवाज राई

काठमाडौं, भदौं ९ : विद्युतीय सवारी साधानको प्रयोग बढ्न थालेको छ। गत दुई वर्षमा साढे ११ हजारभन्दा बढी सवारी साधान भित्रिएका छन्।

भन्सार विभागका अनुसार, कार, ट्याम्पो, मोटरसाइकल र सिक्सा गरी गत दुई वर्षमा ११ हजार ६ सय २१ सवारी साधान भित्रिएका हुन्। जसमा गत आर्थिक वर्षमा ६ हजार ६ सय ३२ र आर्थिक वर्ष २०७४/७५ मा चार हजार ९ सय ८९ सवारी साधान भित्रिएका छन्।

गत आर्थिक वर्ष २०७५/७६ मा विद्युतिय सवारी साधन र पार्टपूर्जा गरी ९१ अर्ब १५ करोड ४८ लाख ७३ हजारका सामान नेपाल भित्रिएको भन्सार विभागका तथ्यांक विश्लेषण शाखाका अधिकृत रामप्रसाद वाग्लेले बताए।

उनका अनुसार, गत वर्ष दुई हजार एक सय ७२ वटा विद्युतीय कार ल्याइएको विभागले जनाएको छ। तिनको मूल्य एक अर्ब ६४ करोड ३२ हजार रहेको छ।

त्यस्तै, गत वर्ष एक हजार आठ सय ८७ वटा विद्युतीय मोटरसाइकल ल्याइएका छन्। त्यसको मूल्य आठ करोड ६८ लाख १४ हजार रहेको छ।

विभागका अनुसार, २७ करोड ५० लाख ३० हजारका दुई हजार पाँच सय ७५ वटा विद्युतिय ट्याम्पु, तीनपांग्रे रिक्सा नेपाल भित्रिएको छन्।

यसैगरी, २०७४/७५ मा चार हजार नौ सय ८९ विद्युतीय ट्याम्पु नेपाल भित्रिएका थिए। त्यसको लागत ४७ करोड ८२ लाख ६० हजार रूपैयाँ रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, भदौ ९, २०७६