Kathmandu Press

प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरू

काठमाडौं, भदौ ९ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक सुरू भएको छ।

नेकपा केन्द्रीय कार्यालय धुम्बर....

प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरू

काठमाडौं, भदौ ९ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सचिवालय बैठक सुरू भएको छ।

नेकपा केन्द्रीय कार्यालय धुम्बराहीमा सचिवालय बैठक सुरू भएको हो। बैठकमा नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सचिवालय सदस्य उपस्थित रहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएपछि अध्यक्ष प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बसेको हो।

सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामका विषयमा छलफल हुने जनाएकाे छ। त्यस्तै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाएकाे छ।

प्रकाशित मिति: १२:०४ बजे, सोमबार, भदौ ९, २०७६