मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्समार्फत सहभागी हुने
काठमाडौं, भदौ ९ : मन्त्रिपरिषद्को नियमित बैठक आज बस्न लागेको छ। आज मध्याह्न बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि भिडियो कन्फेरेन्समार्फत सहभा....
काठमाडौं, भदौ ९ : मन्त्रिपरिषद्को नियमित बैठक आज बस्न लागेको छ। आज मध्याह्न बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि भिडियो कन्फेरेन्समार्फत सहभागी हुने भएका छन्।
सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार, आज मध्याह्न १ बजे मन्त्रिपरिषद् बैठक बस्नेछ। सिंगापुरमा उपचाररत प्रधानन्मी ओली भिडियो कन्फेरेन्समार्फत बैठकमा सहभागी हुने मन्त्री बास्कोटाले बताए।
प्रधानमन्त्रीको अनुपस्थितिमा आपतकालीन अवस्थामा मात्र मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो। यस पटक भने प्रधानमन्त्री विदेशमा भएपनि भिडियो कन्फेरेन्समार्फत बैठकमा सहभागी हुन लागेका हुन्।
प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेसलन युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्माफेरेसिस’ गर्न थालिएको छ। उनको मिर्गौलाले काम गर्न छोड्दै गएपछि प्लाज्माफेरेसिस गर्न थालिएको हो।
प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्लाज्माफेरेसिसले सन्चो नलागे डायलासिस गर्नुपर्नेछ।
याे पनि पढ्नुहाेस् :
सिंगापुरमा प्रधानमन्त्रीको रगत 'फिल्टर' गर्न सुरू, स्वास्थ्य सामान्य






