Kathmandu Press

निर्माता तथा निर्देशक अशोक शर्मालाई पितृ शोक

काठमाडाैं, मंसिर १९ : नेपाली चलचित्रका कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई पितृ शोक परेको छ।उनका बुबा धनपति घिमिरेको आज (आइतबार) बिहान ९९ वर्षको...
निर्माता तथा निर्देशक अशोक शर्मालाई पितृ शोक

काठमाडाैं, मंसिर १९ : नेपाली चलचित्रका कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई पितृ शोक परेको छ।

उनका बुबा धनपति घिमिरेको आज (आइतबार) बिहान ९९ वर्षको उमेरमा निधन भएको हो।

कलाकार कृष्ण मल्लले फेसबुकमा शर्मालाई पितृ शोक परेको उल्लेख गरेका छन्।

झापामा बस्दै आएका धनपति विभिन्न रोगबाट पीडित थिए। उनको अन्तिम संस्कार आजै गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति: १६:५१ बजे, आइतबार, मंसिर १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्