प्रचण्डको अध्यक्षतामा पहिलाे पटक नेकपा बैठक बस्दै
काठमाडौं, भदौ ९ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज पहिलो पटक सचिवालय बैठक बस्न लागेको छ।
प्रधानमन्त्री ....
काठमाडौं, भदौ ९ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज पहिलो पटक सचिवालय बैठक बस्न लागेको छ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएपछि प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बस्न लागेको हो। केहीवेरमै पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन्।
नेकपा सचिवालय बैठक आज दिउसो १ बजे बोलाइएको थियो। त्यसलाई अघि सारिएको प्रवक्ता श्रेष्ठले जनाएका छन्।
बैठकका पार्टीको आन्तरिक विवाद मिलाउन छलफल हुने जनाएको छ। यस अघि बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद भएको थियो।
त्यसयता नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल भइसकेको छ। प्रचण्ड निवास खुमलटारमा साढे दुई घण्टा छलफल भएको थियो।
सचिवालय बैठकमा समसामयिक विषयमा छलफल हुने जनाएको छ। एमाले र माओवादीबीच एकता भएपछि पहिलो पटक प्रचण्डको अध्यक्षतामा बैठक बस्न लागेको हो।






