रवि लामिछानेलाई पाँच वर्ष कैद माग गरी मुद्दा दर्ता
चितवन, भदौ ८ : पाँच वर्ष कदैमा गर्दै रवि लामिछानेसहित तीनै जनाविरुद्ध जिल्ला अदालत, चितवनमा मुद्दा दर्ता गरिएको छ।
आइतबार जिल्ला सरकारी वकिल....
चितवन, भदौ ८ : पाँच वर्ष कदैमा गर्दै रवि लामिछानेसहित तीनै जनाविरुद्ध जिल्ला अदालत, चितवनमा मुद्दा दर्ता गरिएको छ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले रविसँगै युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध मुद्दा दर्ता गरेको हो। तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवार माग गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल यदुनाथ शर्माले बताए।
रविका पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा उनलाई पक्राउ गरिएको थियो। जिल्ला अदालतबाट दुई पटक गरी १० दिनको म्याद लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरेर आजै सरकारी वकिलको कार्यालयलाई फाइल बुझाएको थियो। त्यसकै आधारमा रविसहित तीनै जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको हो।
अब जिल्ला अदालतले उनीहरूको बयान लिनेछ। तीनै जनाको वयान सकिएपछि अदालतमा थुनछेकको बहस हुनेछ।
अदालतले उनीहरूलाई पुर्पक्षका लागि जेल चलान वा रिहा गर्ने आदेश दिन सक्नेछ।






