रविसहित तीनैविरुद्ध अदालतमा मुद्दा दर्ता गरिँदै
चितवन, भदौ ८ : पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाविरुद्ध आज मुद्दा दर्....
चितवन, भदौ ८ : पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनाविरुद्ध आज मुद्दा दर्ता गरिने भएको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान पुरा गरेर सबै प्रमाणसहित फाइला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। आइतबार पत्रकार सम्मेलन गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी दीपक रेग्मीले सरकारी वकिलको कार्यालयलाई फाइल बुझाएको बताए।
‘हामीले हाम्रो काम पूरा गरेका छौं, प्रमाणसहित फाइला सरकारी वकिलको कार्यालयलाई बुझाएका छौं। अब मुद्दा दर्ता गर्ने काम सरकारी वकिलको कार्यालयले गर्छ,’ एसपी रेग्मीले भने।
जिल्ला सरकारी वकिलको कार्यालयले फाइल अध्ययन गरिरहेको जनाएको छ। आजै जिल्ला अदालतमा मुद्दा दर्ता गर्न सकिने जनाएको छ।
पत्रकार शालिकरामको आत्महत्यामा दुरुत्साहन गरेको आरोपमा रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो। तीनै जनालाई अनुसन्धानका लागि १० दिनदेखि हिरासतमा राखिएको छ।






