Kathmandu Press

जिपिए ३.४४ ल्याएर गायिका रचना रिमाल कक्षा १२ उत्तीर्ण 

काठमाडौं, मंसिर १७ : पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले कक्षा १२ उत्तीर्ण गरेकी छिन्।झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमी परीक्षा दिएकी उनको जिपिए ३.४४ आएको...
जिपिए ३.४४ ल्याएर गायिका रचना रिमाल कक्षा १२ उत्तीर्ण 

काठमाडौं, मंसिर १७ : पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले कक्षा १२ उत्तीर्ण गरेकी छिन्।

झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमी परीक्षा दिएकी उनको जिपिए ३.४४ आएको छ। यो राम्रो नतिजा हो। 

उनको गायकी उत्कृष्ट छ नै, पढाइमा पनि उनी अब्बल दरिएकी छन्। उनले जिपिए ३.४४ ल्याएर उत्तीर्ण भएको खुसी सामाजिक सञ्जालमार्फत पनि बाँडेकी छन्। ‘म जिपिए ३.४४ ल्याएर कक्षा १२ उत्तीर्ण भएँ,’ उनले फेसबुकमा लेखेकी छन्। उनको पोस्टमा बधाईको ओइरो नै लागेको छ।     

नेपाल आइडलबाट एकाएक चर्चामा आएकी र पछिल्लो समय बढीजसो समय काठमाडौंमा नै बिताउने गरेकी रिमाल संगीतको कक्षासमेत लिइरहेकी छन्।

गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको कक्षा १२ को परीक्षामा करीब ३ लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको  हो। 

प्रकाशित मिति: १६:५८ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्