वीरगञ्जमा मानवीय सहायतास्थल तयार
पर्सा, मंसिर १७ः आपत्कालीन तयारी क्षमता वृद्धिका लागि प्रदेश नं २ को वीरगञ्जमा नयाँ ‘मानवीय सहायतास्थल’ तयार गरिएको छ । दुई हजार ३२ वर्ग...पर्सा, मंसिर १७ः आपत्कालीन तयारी क्षमता वृद्धिका लागि प्रदेश नं २ को वीरगञ्जमा नयाँ ‘मानवीय सहायतास्थल’ तयार गरिएको छ ।
दुई हजार ३२ वर्ग मेट्रिक टन भण्डारण क्षमता भएको उक्त मानवीय सहायतास्थल बेलायतको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले गृहमन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास बोर्डको सहकार्यमा निर्माण गरेको हो ।
सो स्थलको आजदेखि शुभारम्भसमेत गरिएको छ । गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, यहाँस्थित डब्लुएफपीका नेपाल प्रतिनिधि रोबर्ट कास्का तथा बेलायती राजदूतावासका प्रतिनिधि शुभारम्भ कार्यक्रममा सहभागिता रहेको डब्लुएफपीद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरम गृहसचिव पाण्डेले मानवीय सहायतास्थलबाट मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज सहित प्रदेश नं २ को आपत्कालीन पूर्वतयारीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘यस मानवीय सहायतास्थलले स्थलमार्गबाट आउने आपत्कालीन सामग्रीको प्राप्ति, भण्डारण र देशको अन्य विपद् प्रभावित क्षेत्रमा ढुवानीमा समेत उल्लेखनीय योगदान पुग्नेछ।’
सो अवसरमा डब्लुएफपीका देशीय प्रतिनिधि कास्काले धनजनको सुरक्षाका लागि विपद्भन्दा अगाडि आकस्मिक तयारीमा लगानी गर्नु एउटा प्रभावकारी तरिका भएको बताए । उनले भने, ‘हामीले हरेक प्रदेशको विपद्का समयमा चाँडो र प्रभावकारी ढङ्गले काम गर्नसक्ने क्षमताको अभिवृद्धि होस् भनेर नेपाल सरकारसँग मिलेर काम गर्न खुसी छौँ ।’
अन्य प्रदेशमा सातवटा यस्ता मानवीय सहायतास्थल छन् । कोभिड–१९ महामारी र अन्य आकस्मिक विपद्का अवस्थामा सरकारको उद्धार तथा राहत कार्यक्रममा महत्वपूर्ण सहयोग पु¥याइरहेका छन् । डब्लुएफपीले सन् २०१३ देखि नेपालमा आपत्कालीन तयारी र क्षमता वृद्धिलाई सुदृढ सहयोग पु¥याइरहेको छ ।
सन् २०१५ को विनाशकारी भूकम्पको एक महिना अगाडि बेलायतको आर्थिक सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा मानवीय सहायतास्थल स्थापना गरिएको थियो । यसले भूकम्पपछिको विपद्को उद्धार कार्यमा ठूलो सहयोगसमेत पु¥याएको थियो ।