सिंगापुरमा प्रधानमन्त्रीको रगत 'फिल्टर' गर्न सुरू, स्वास्थ्य सामान्य
काठमाडौं, भदौ ८ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार सुरू भएको छ। उनको रगत 'फिल्टर' गर्न थालिएको छ।
प्रधानमन्त्री ओलीका....
काठमाडौं, भदौ ८ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार सुरू भएको छ। उनको रगत 'फिल्टर' गर्न थालिएको छ।
प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले आज बिहान ट्वीट गर्दै उपचार सुरू भएको जनाएका छन्। प्रधानमन्त्री ओलीको नीजि चिकित्सक डा.दिव्या सिंहलाई उद्धृत गर्दै नेसलन युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्माफेरेसिस’ गर्न थालिएको जनाएका छन्।
चिकित्सकका अनुसार, ‘प्लाज्माफेरेसिस’ भनेको रगत 'फिल्टर' गर्ने प्रक्रिया हो। यसमा रगत 'फिल्टर' गरेर रगतमा रहेका हानिकारक ‘एन्टीबडिज’लाई बाहिर निकाल्ने गरिन्छ ।
प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो। चिकित्सकका अनुसार, अंग प्रत्यारोपण गरेपछि शरीरले तत्काल चिन्दैन। चिन्न थालेपछि ‘एन्टिबडिज’ उत्पादन गर्छ।
प्रधानमन्त्रीको शरीरले १२ वर्षपछि ‘एन्टिबडिज’ उत्पादन गर्न थालेको हो। यस अघि औषधिको सेवनले गर्दा शरीरले प्रत्यारोपण गरिएको मिर्गौला चिन्न सकेको थिएन्। अहिले औषधिले काम गर्न छोडेपछि शरीरले मिर्गौला चिन्न थालेको हो।
प्रायः मिर्गौलाले काम नगर्दा रगत ‘फिल्टर’ हुँदैन। जसले गर्दा डायलासिस आवश्यक पर्छ।
प्रधानमन्त्री ओलीको भने डायलासिस नगरेर ‘प्लाज्माफेरेसिस’ गर्न थालिएको हो।
यो डायलासिस जस्तै प्रक्रिया हो। डायलासिसमा पनि रगत 'फिल्टर' गरिन्छ। यसमा रगत 'फिल्टर' गर्दा ‘प्लाज्मा’मा रहेका हानिकारक ‘एन्टिबडिज’ निकालिन्छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
यस अघि पनि प्रधानमन्त्री ओलीको सिंगापुरकै नेसलन युनिभर्सिटी हस्पिटलमा उपचार गरिएको थियो। साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते फर्किएका थिए।
सम्माननीय प्रधानमन्त्रीज्यूको उपचारको क्रममा प्लाज़्मा फेरेसिस प्रकृया गत शुक्रबारबाट National University Hospital सिंगापुरमा शुरू गरिएको छ। निजी चिकित्सक प्रोफ़ेसर डा दिव्यासिंह शाहका अनुसार यो उपचार प्रकृया अरू केही पटक गरिनेछ। उहॉको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ।
— Bishnu Rimal (@BishnuRimal) August 25, 2019






