सिंगापुर जान लागेका एनआरएन अध्यक्ष भवन भट्टलाई मापसेका कारण विमानबाट उतारियो
काठमाडौं, भदौ ८ : मापसे गरेर चालक दलका सदस्यसँग दुर्व्यवहार गरेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टलाई विमानबाट उतारिएको छ।
....
काठमाडौं, भदौ ८ : मापसे गरेर चालक दलका सदस्यसँग दुर्व्यवहार गरेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष भवन भट्टलाई विमानबाट उतारिएको छ।
शनिबार काठमाडौंबाट सिंगापुर जान लागेका भट्टलाई सिल्क एयरको विमानबाट निकालिएको हो। उनीसँगै रहेको सनत न्यौपानेलाई पनि विमानबाट ओरालिएको हो।
एनआरएन अध्यक्ष भट्टसँग रहेका न्यौपानेले फेसबुक लाईभ गर्दै आफूहरुलाई विमानबाट निकालिएको सार्वजनिक गरेका छन्। त्यस दिन सँगै रहेका भट्ट र न्यौपानेले ‘बिजनेस मिटिङ’मा मदिरा सेवन गरेका थिए। यसलाई न्यौपानेले फेसबुक लाइभमै स्वीकारेका छन्। तर, उनको भनाइ धेरै मदिरा नखाएको छ।
एनआरएन अध्यक्ष भट्ट सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जान लागेको थिए। उनीसँगै रहेका न्यौपानेका अनुसार, प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने कार्यक्रम रहेको थियो।
त्यससँगै, सिंगापुरमा बिजनेस मिटिङ पनि रहेको उनले फेसबुक लाइभमै भनेका छन्।
बोर्डिङ पास लिएर सिटमा बसिसकेका उनलाई चालक दलका सदस्य आएर बाहिर निकालेको जनाएको छ। चालक दलका सदस्य ‘तिमीहरूसँगै विमान उडाउन सकिँदैन’ भनेका थिए।
यसमा एनआरएन अध्यक्ष भट्टले भने कुनै प्रतिक्रिया जनाएका छैनन्।
एनआरएन अध्यक्ष भवन भट्टसँगै विमानबाट उतारिएका सनत न्यौपानेको फेसबुक लाईभको अडियो











-1784808429.png)