Kathmandu Press

विनोद पौडेलको निर्देशनमा चलचित्र ‘रबर सिटी’ बन्ने, मुख्य भुमीकामा सुशांक मैनाली

विनोद पौडेलको निर्देशनमा चलचित्र ‘रबर सिटी’ बन्ने, मुख्य भुमीकामा सुशांक मैनाली

काठमाडौं, मंसिर  १७ः चलचित्र ‘बुलबुल’ बाट राष्ट्रिय अवार्ड पाएका विनोद पौडेलले ६ करोड लगानीमा बन्न लागेको चलचित्र ‘रबर सिटी’ को निर्देशन गर्ने भएका छन्। 

अमेरिकामा छायांकन हुने सो चलचित्रको मुख्य भुमीकामा सुशांक मैनालीलाई अनुवन्ध गरिएको छ। मैनालीसँगै राधा लम्साल भावु पनि चलचित्रका लागि अनुवन्ध भइसकेको पौडेलले बताएका छन्। अन्य कलाकारहरु भने तय भइसकेका छैनन् । 

Hardik ivf

निर्देशक पौडेलले यो चलचित्रमा नयाँ अनुहारहरुलाई देखाउने तयारी रहेको बताएका छन् । भुटानी शरणार्थीहरुको पुनर्वासको विषयमा बन्न लागेका कारण चलचित्रमा सोही किसिमका पात्रहरुको खोजी भइरहेको बताएका छन्। 

बुधवार सो चलचित्रको पोष्टर सार्वजनिक गर्दै निर्माता अविरल थापाले आगामी मार्चमा यसको सम्पूर्ण छायाँकन अमेरिकामै हुने जानकारी गराए । थापासँगै यस चलचित्रका अन्य निर्मातामा राजु पौडेल ,भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानी रहेका छन् । निर्माता थापाले हाल यसको तयारीको लागि निर्देशक पौडेल अमेरिकामै रहेको र अनुमानित पाँच लाख डलर (रु छ करोड) मा निर्माण सम्पन्न गर्ने आँकलन गरिएको बताए ।

अमेरिकाको ओहायो राज्य अन्तर्गतको एक्रोन सहरलाई पहिले रबर सिटी भनिन्थ्यो र भुटानी शरणार्थीलाई पुनर्वास गराएपछि सो सहर पुन गुलजार बनेको थियो । यस चलचित्रले भुटानी शरणार्थीको पुनर्वासपछिको कथा भन्नेछ ।

यस चलचित्रको कथा पटकथा पनि निर्देशक पौडेललेनै लेखेका हुन् भने अमेरिकामै रहेका अंकित पौडेलले यसको छायाँकन गर्नेछन् । चलचित्रले विश्वबजारमा नेपाली चलचित्रलाई स्थापित गराउने विश्वास लिएको र निर्माण कार्यलाई द्रुत गति दिन फेब्रुअरीमा अमेरिका प्रस्थान गर्न लागेको निर्माता थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: १२:२३ बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्