संविधान विरोधी क्रियाकलाप गर्नेलाई सरकारले छोड्दैनः मन्त्री भट्टराई
पाँचथर, भदौ ७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संघीयता र गणतन्त्रविरोधी क्रियाकलाप गर्नेलाई सरकारले नछोड्ने बताएका छन्....
पाँचथर, भदौ ७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संघीयता र गणतन्त्रविरोधी क्रियाकलाप गर्नेलाई सरकारले नछोड्ने बताएका छन्।
शनिबार जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभाको उद्घाटन गर्दै मन्त्री भट्टराईले संघीयता र गणतन्त्रविरोधी क्रियाकलाप सरकारका लागि स्वीकार्य नहुने बताएका हुन्। उनले संविधानले सबै आवाजहरु राख्न पाउने सुविधा दिएकाले हत्या, हिंसाकोे बाटो कसैले रोज्नु नपर्ने बताए।
‘संविधानभन्दा बाहिर गएर हत्या, हिंसा, आतंक फैलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध नै उत्रिने जो कोही भएपनि सरकारले स्वीकार गर्दैन,’ उनले भने। मन्त्री भट्टराईले विकास र समृद्धिको एजेन्डामा दलहरु एक ठाउँमा उभिनु पर्ने बताए।






