Kathmandu Press

कावा प्रधानमन्त्री पोखरेल भन्छन्– हामीभित्रै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको छ

काठमाडौं, भदौ ७ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।

....

कावा प्रधानमन्त्री पोखरेल भन्छन्– हामीभित्रै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको छ

काठमाडौं, भदौ ७ : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश सरकारद्वारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दै उनले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतीको विषय बनेको बताएका हुन्। 

पोखरेलले मुलुकभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको र त्यो प्रवृत्ति पार्टीभित्रै पनि देखिएको संकेत गरे। उनले सार्वजनिक जग्गा उपभोग गर्न खोज्ने व्यक्तिको नाम भने उल्लेख गरेनन्।

‘हाम्रा अगाडि सार्वजनिक सम्पत्ति कसरी रक्षा गर्ने भन्ने चुनौती छ। हामीहरुभित्रै पनि समस्या छ। सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन्। यो गलत चिज हो। यसका विरुद्ध जुध्नुपर्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो,’ उनले भने।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरबासीलाई आग्रह गरे। 

धरहरा पुननिर्माणको काम पुनर्निर्माण प्राधिकरणले अघि बढाइसकेको तथा रानी पोखरी र काष्ठमाण्डप पुनर्निर्माणको काम पनि धमाधम भइरहेको भन्दै पुनर्निर्माणको काममा अवरोध पुर्याउने काम कहिँ कतैबाट गर्न नहुने उनले बताए।

विगतमा विभिन्न बहानामा हुने गरेका विरोधले पुनर्निर्माणका काममा समस्या भएको उनको भनाइ छ।
 

प्रकाशित मिति: १२:०९ बजे, शनिबार, भदौ ७, २०७६