Kathmandu Press

अपांगता दिवसका अवसरमा भुइँखेलमा ह्विलचेयर दौड प्रतियोगिता

अपांगता दिवसका अवसरमा भुइँखेलमा ह्विलचेयर दौड प्रतियोगिता

काठमाडौं, मंसिर १६ : ३०औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा स्वयम्भूको भुइँखेलमा बिहीबार ह्विलचेयर दौड प्रतियोगिता आयोजना गरिएको छ।

‘हाम्रो प्राथमिकताको आधार, अपांगता भएका व्यक्तिको अधिकार’ नारासहित नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोसिएसनले उक्त प्रतियोगिता आयोजना गरेको हो।

करिब ७५ जना अपांगता भएका व्यक्ति सहभागी भएको उक्त प्रतिस्पर्धा भुइँखेलदेखि सुरु भई स्वयम्भू क्षेत्रको एक फन्को लगाएर सम्पन्न भएको। पुरुषतर्फको दौडमा रमेश खत्री प्रथम, अर्जुन तामाङ दोस्रो र रामकाजी मिर्जा तेस्रो विजयी भएका हुन्।

यस्तै महिला तर्फको दौडमा यमी झाक्री मगर प्रथम, इश्वरी कुमाल दोस्रो र रजनी राई तेस्रो स्थान हासिल गरेका छन्। अपएबिलिटी फाउन्डेसनले प्रायोजन गरेको प्रतियोगितामा पहिलो हुनेलाई १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

 

प्रकाशित मिति: १२:३० बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्