लुम्बिनी यू–१९ राष्ट्रिय क्रिकेटको फाइनलमा
काठमाडौं, मंसिर १५ : लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार र्कीिर्तपुरस्थित टियू मैदानमा भएको लिग चरणको अन्तिम...
काठमाडौं, मंसिर १५ : लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार र्कीिर्तपुरस्थित टियू मैदानमा भएको लिग चरणको अन्तिम खेलमा प्रदेश २ माथि ९ विकेटको जित निकाल्दै लुम्बिनी फाइनल पुगेको हो ।
फाइनल यात्रा तय गर्ने क्रममा लुम्बिनीले लिगका ६ खेलमा ५ जित निकाल्यो । उसले गण्डकी प्रदेशमाथि ९ विकेटको जित निकालेको थियो भने सुदूरपश्चिमलाई २ विकेट, बागमतीलाई ३ विकेट, प्रदेश १ लाई ६ विकेटले हराएको लुम्बिनी कर्णाली प्रदेशसँग १४० रनले पराजित भएको थियो। फाइनलमा लुम्बिनीको प्रतिद्वन्द्वी सुदूरपश्चिम र प्रदेश १ मध्ये १ हुने छ।
दुवै टिम समान ६ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन्। यता, प्रदेश २ भने प्रतियोगिताबाट बाहिरिएको छ। उ ५ खेलमा २ जितसहित ४ अंक जोड्दै पुछारबाट दोस्रो स्थाना छ। कीर्तिपुरस्थित टियू मैदानमा पहिला ब्याटिङ गर्दै प्रदेश २ दिएको १६९ रनको लक्ष्य लुम्बिनीले २६।५ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो।
उसका लागि देव खनालले सर्वाधिक ६२ रन बनाए । उनले ८९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे। यस्तै, आकाश थापाले ६२ बल खेल्दै ५७ रन बनाए । यसअघि पहिला ब्याटिङ गरेको प्रदेश २ले ३९।५ ओभरमा अलआउट हुँदै १६८ रन मात्र बनाउयो । उसका सन्तोष कार्कीले ८२ रनको उत्कृष्ट पारी खेले पनि अन्यले गतिलो योगदान दिन नसक्दा प्रदेश २ले ठूलो योगफल बनाउन सकेन। उसका गुल्सन झाले ३२ र अदिल अन्सारीले २२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
लुम्बिनीका वासिर अहमदले ७।५ ओभरमा ३ मेडन राख्दै २४ रन खर्चेर ५ विकेट लिए। यस्तै, विशाल विक्रम केसीले ३ तथा अजय चौहानले २ विकेट लिए।











