Kathmandu Press

माधव नेपालको फरक मत नेकपाको सम्पत्ति: देवेन्द्र पौडेल

काठमाडौं, भदौ ६ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले  वरिष्ठ नेता माधवकुमार नेपालले राखेको ....

माधव नेपालको फरक मत नेकपाको सम्पत्ति: देवेन्द्र पौडेल

काठमाडौं, भदौ ६ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले  वरिष्ठ नेता माधवकुमार नेपालले राखेको ७ बुँदे फरक मत पार्टीको सम्पत्ति भएको बताएका छन्। 

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा पौडेलले नेपालले राखेको ‘नोट अफ डिसेन्ट’ मा पार्टी पद्धती अनुसार चल्नुपर्छ भन्ने कुरा पार्टीको सम्पत्तिका रुपमा रहने बताएका हुन्।

‘पार्टीभित्र कुरा राख्दा के नौलो भयो र? ढुक्क हुनुहोस्, पार्टी एकीकरण धेरै कुरा भइसकेका छन्, अब केही खाली ठाउँ भर्ने काम छन्,’ उनले भने।

कम्युनिष्ट पार्टी जनवादी केन्द्रियतामा आधारित भएर चल्ने पार्टी भएकाले पार्टीको नियामावली, विधार र प्रतिवेदनअनुसार नै अघि बढ्ने पनि उनको विश्वास छ। उनले भने,‘पार्टीमा सामूहिक निर्णय हुन्छ, व्यक्तिगत जिम्मेवारी पूरा गर्नुपर्छ।’

पार्टीभित्र नोट अफ डिसेन्ट राख्न पाउनुपर्ने उनको धारणा छ। उनले भने,‘माधव कुमार नेपालले जुन रुपमा नोट अफ डिसेन्ट राख्नुभएको छ, त्यो राख्न पाउनुपर्छ । तर, पार्टीले निर्णय गरेपछि कार्यान्वयन हुनुपर्छ।’

उनले नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्ने गरी विवाद भएको भनेर उछाल्न नहुने पनि बताए। नेता पौडेलले पार्टीभित्र भएका विचार तथा बहसहरु आन्तरिक रुपमा हल गर्न सकिने विषय भएको बताए। 

पौडेलले भने,‘पार्टीभित्र नेताहरुबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र सम्हाल्न नै नसक्ने खालका होइनन्। आन्तरिक रुपमा हामी हल गर्छौं।’
 

प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, भदौ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्