राप्रपा संयुक्तको केन्द्रीय समिति बैठक भदौ १९ मा
काठमाडौं, भदौ ६ : राप्रपा (संयुक्त) को केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय कार्य समितिको संयुक्त बैठक भदौं तेस्रो साता बस्ने भएको छ।
....
काठमाडौं, भदौ ६ : राप्रपा (संयुक्त) को केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय कार्य समितिको संयुक्त बैठक भदौं तेस्रो साता बस्ने भएको छ।
भदौ १९ र २० गते अर्पण पार्टी प्यालेस, थापागाउँ काठमाडौंमा बस्ने बैठकले जनकपुर–वाल्मीकी आश्रम–लुम्बिनी यात्रालाई दिशानिर्देश गर्ने बताइएको छ। बैठकमा पार्टीको भावी रणनीति र कार्यक्रमबारे छलफल हुने प्रवक्ता सगनु सुन्दर लावतीले जानकारी दिए। उनका अनुसार बैठकले आगामी उपनिर्वाचनका विषयमा पनि नीतिगत निर्णय गरिने छ।
राप्रपा (संयुक्त) ले सम्वद्र्धनवादी उदारवाद, लोककल्याणकारी उदारवाद, सनातन हिन्दु राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षमा वकालत गर्दै आएको छ। विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा राप्रपा (संयुक्त) को बैठकले महत्वपूर्ण निर्णय लिने प्रवक्ता लावतीले जानकारी दिए।
राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपश्चात पहिलो पटक केन्द्रीय कार्य समितिको वैठक बोलाइएको हो।











-1784808429.png)