Kathmandu Press

नाडा अटो शोमा बैंकको आकर्षक ब्याजदर योजना, सवारी कर्जामा कुन बैंकको कति ब्याजदर?

काठमाडौं, भदौ ६ : सवारी साधानहरूको कुम्भमेला ‘नाडा अटो शो २०१९ सुरु हुन चार दिन मात्र बाँकी रहेको छ।

सवारी आयातकर्ताहरूले ‘अटो श....

नाडा अटो शोमा बैंकको आकर्षक ब्याजदर योजना, सवारी कर्जामा कुन बैंकको कति ब्याजदर?
फाइल फोटो

काठमाडौं, भदौ ६ : सवारी साधानहरूको कुम्भमेला ‘नाडा अटो शो २०१९ सुरु हुन चार दिन मात्र बाँकी रहेको छ।

सवारी आयातकर्ताहरूले ‘अटो शो’लाई केन्द्रित गरेर सवारी साधन लञ्च गर्ने होड नै चलाएका छन्। यही होडमा बैंकहरु पनि लागेका छन्। बैंकहरुले सवारी कर्जामा आर्कषक ब्याजदर सार्वजनिक गरेका छन्।

जसमा सवारी प्रयोगकर्तालाई सहज हुने भएको छ। ‘अटो शो’मा १२ वटा वित्तीय संस्थाले पनि सहभागिता जनाउँदै छन्। जसका केन्द्रित गरेर वाणिज्य बैंकहरूले आर्कषक ब्याजदर सार्वजनिक गरेका हुन्।

राष्ट्र बैंकले पछिल्लो समय इलेक्ट्रिक गाडीमा ८० प्रतिशत र अन्य सवारीमा ५० प्रतिशतसम्म लगानी गर्न पाउने सुविधा दिएको छ।

एभरेष्ट बैंक

नाडा अटो शोमा एभरेष्ट बैंकले ९.५ प्रतिशत ब्याजदरमा सवारी कर्जा सार्वजनिक गर्ने तयारी गरेको छ। बैंकको हालको आधार दर ८.१२ प्रतिशत रहेको छ।

जनता बैंक

नाडा अटो शोमा सहभागिता जनाएको जनता बैंकले पनि आर्कषक व्याजदर सार्वजनिक गर्ने तयारी गरेको छ। बैंकले १० देखि ११ प्रतिशत ब्याजमा सवारी कर्जा दिने तयारी गरेको हो। हाल बैंकको आधार दर ९.९५ प्रतिशत रहेको छ।

हिमालयन बैंक

हिमालयन बैंकले पनि ११ प्रतिशतभन्दा कमनै ब्याजमा सवारी कर्जा अफर सार्वजनिक गर्ने तयारी गरेको छ। बैंकको आधार दर  ९.०५ प्रतिशत रहेको छ।

बैंक अफ काठमान्डु

बैंक अफ काठमान्डुले गाडी खरिद गर्ने उपभोक्तालाई १०.५० प्रतिशत ब्याजदरमै सवारी कर्जा दिन सक्नेछ। बैंकको हालको आधार दर ९.९८ प्रतिशत रहेको छ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले १२ देखि १३ प्रतिशत व्याजदरमा सवारी कर्जा दिदैं आएको छ। बैंकको आधार दर १०.३७ प्रतिशत रहेकाले बैंकले अटो शोमा १२ प्रतिशतभन्दा कम व्याजदरमा सवारी कर्जा दिनेछ।

सिभिल बैंक

सिभिल बैंकले पनि १२ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिन सक्नेछ। हाल बैंकको आधार दर ११.११ प्रतिशत छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

सवारी कर्जामा आर्कषक ब्याजदर दिदैं आएको स्टायडर्ड चार्टड बैंकले ९ प्रतिशत तोक्न सक्ने देखिएको छ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले यसवर्ष अटो शोमा १२ प्रतिशतभन्दा कममा सावरी कर्जा दिने भएको छ। बैंकको आधार दर १०.३१ प्रतिशत छ।

सानिमा बैंक

सानिमा बैंकले ११ प्रतिशतको स्कीम ल्याउन सक्ने देखिएको छ। हाल बैंकको आधार दर ९.३४ प्रतिशत रहेको छ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले नाडा अटो शोमा १० देखि ११ प्रतिशतसम्ममा सवारी कर्जा दिने तयारी गरेको छ। बैंकको आधार दर ९.४८ प्रतिशत रहेको छ।

नबिल बैंक

नबिल बैंकले ९.९९ प्रतिशतमै नाडा अटो शोमा सवारी कर्जा उपलव्ध गराउने गरी स्कीम सार्वजनिक गर्ने तयारी गरेको छ। बैंकको आधार दर ८.०९ प्रतिशत रहेको छ। बैंकले इलेक्ट्रीक गाडीमा ९.९९ प्रतिशतमा कर्जा दिइरहेकाले सोही दरमा सवारी कर्जा दिन सक्नेछ।

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, भदौ ६, २०७६